साना किसान विकास लघुवित्तको २० औं वार्षिक साधारण सभाले पारित गर्‍यो २६.३१% लाभांश

पुस १८, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि १८ गतेसम्म बन्द गरेको थियो । यस आधारमा पुस ४ गतेसम्मका कायम शेयरधनीले मात्र उक्त लाभांश पाउने छन् । आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा कम्पनीको कुल सम्पत्ति रू. २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७/७८ को अन्त्यमा ७ दशमलव १३ प्रतिशतले वृद्धि भई रू. २६ अर्ब १२ करोड पुगेको छ ।  आर्थिक वर्ष २०७७/७८ मा प्रति शेयर आम्दानी रू. ४८ दशमलव ९४, प्रति शेयर बुक नेटवर्थ रू. २२५ दशमलव २४, निष्कृय कर्जा शून्य दशमलव ६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३ दशमलव ५१, र कुल पुँजी कोष १२ दशमलव ५८ प्रतिशत रहेको छ ।  सभा  कम्पनीका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न भएको होे ।  साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए भने कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरेका थिए । 

सम्बन्धित सामग्री