साना किसान विकास लघुवित्तको २ लाख ११ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको २ लाख ११ हजार ४७६ किक्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले चैत २१ देखि वैशाख २५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । कुमारी बैंकको स्वामित्वमा रहेको यी शेयर खरीद गर्नका लागि साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँडमा प्राप्त गर्ने शेयरधनीले चैत २१ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ ।

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।