साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ । 

सम्बन्धित सामग्री