काठमाडौँ – सरकार र ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाउनेका परिवारबीच चार बुँदे सहमति भएको छ। सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा चार बुँदे सहमति भएको हो। दुई पक्षबीच ज्यान गुमाउनेका परिवारबाट एक जनालाई रोजगारी दिने, ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहलाई शहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशिघ्र अनुरोध गर्ने, […]