सुर्खेत – प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच चार बुँदे सहमतिपछि कर्णालीकाे बैठक सुरु भएको छ ।
आज शुक्रवार सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले अवराेध गरिएकाे प्रदेश सभा बैठक खुलाउन विभिन्न निर्णय गरेको हो । एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै असार १२ गतेदेखि प्रदेश सभा बैठक अवराेध गरेको थियो । सर्वदलीय बैठकमा सरकार र प्रतिपक्षबीच सहमति भएपछि बैठक सुरु भएको हो ।
सरकारले मुख्यमन्त्री रोजगारको सम्बन्धमा प्रस्तावित योजनाहरू एकमुस्ट फिर्ता लिने र विनियोजन भएको रकम यथावत् राखी सा...