वैशाख १०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आइतवार हुँदैछ । सभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी गराएको छ ।
सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कानस गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, कम्पनीको शेयर स्वामित्व संस्थापक समूहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीको ४० प्रतिशत रहेकोमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
गत चैत ३१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।