वैशाख ९, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २४औं वार्षिक साधारण सभा शुक्रवार वैशाख ९ गते गर्ने भएको छ । सभा लैनचौर बैक्वेट्स लैनचौर काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी गराएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि २०७८ चैत २५ गते देखि २०७९ बैशाख १ गते सुम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा चैत २४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने र लाभांश पाउनेछन्।