काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा आज विन नेपाल लघुवित्तको ६७ हजार ६५० कित्ता बोनस शेयर र आइएमई जनरल इन्स्योरेन्सको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
विन नेपाल लघुवित्तले जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ३३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माघ ९ गते सम्पन्न साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।