आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

चैत २५, काठमाडौं ।  आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा समायोजन भएको छ । कम्पनीको ७ प्रतिशत बोनस समायोजनपछि नेप्सेले शेयरमूल्य रू. ६०२ दशलमव ८० तोकेको छ । बिहीवार अन्तिम कारोबार मूल्य रू. ६४५ को आधारमा नेप्सेले बोनस शेयरमूल्य समायोजन गरेको हो । यही शेयरमूल्यको आधारमा आइतवारदेखि कम्पनीको शेयर कारोबार खुला हुनेछ । कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले २०७९ वैशाख ९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्याक्वेंट्स लैनचौर काठमाडौंमा बिहान १० बजे गर्ने जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्स र विन नेपाल लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमवार (आज) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज विन नेपाल लघुवित्तको ६७ हजार ६५० कित्ता बोनस शेयर र आइएमई जनरल इन्स्योरेन्सको १० लाख २० हजार ९९० दशमलव ८५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी दुवै कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।  विन नेपाल लघुवित्तले जेठ ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ३३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यस्तै आइएमई जनरल इन्स्योरेन्स कम्पनीले माघ ९ गते सम्पन्न साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक–आपसमा गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भएको छ । आइतवार आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक–आपसमा गाभिएपछि बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीबीच भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको शेयर अनुपात स्वाप रेशियो १ः१ कायम रहने सम्झौता भएको छ । यी दुई कम्पनीले गत माघ २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारणसभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः युगेशभक्त बादे नियुक्त

काठमाडौं, २४ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको अध्यक्षमा युगेशभक्त बादे दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् । गत आषाढ ७ गतेको १२०आँै बैठकको निर्णय अनुसार साउन २३ गतेदिखि लागु हुने गरी बादे दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् । श्री श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ । […]

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फेरि श्रेष्ठ नियुक्त

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा फेरि युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सोमबारदेखि लागु हुने गरी उनी दोश्रो कार्यकालको लागि नियुक्त भएका हुन् ।उनी २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

आइएमई जनरल इन्स्योरेन्सको सेवामा छुट सम्बन्धि सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र महराजगञ्जस्थित काठमाडौं प्याथ ल्याब र डाइग्नोसिटक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गर्नुभएको थियो । सो सम्झौता पश्चात आइएमई जनरल […]

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४औं वार्षिक साधारण सभा गत गते शुक्रबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा भयो । साधारण सभामा सम्पूर्ण सेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ तथा […]

आइएमई जनरल इन्स्योरेन्स साधारणसभा सम्पन्न

आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष  हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ  सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना

आइएमई जनरल इन्स्योरेन्स–नेपाल क्लियरिङ हाउस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गर्ने भएको छ । यसका लागि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।   सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई आईपीएस/कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेन्डर भुक्तानीलगायत आफ्ना लगानी कारोबार आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सकिनेछ । यसले कम्पनीलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबार सहजै आफ्नो अपरेटिङ खातामा सार्न सहयोग पुग्नेछ । यी सबै कारोबार सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाटै हुनेछन् । एनपीआईमा जोडिएपछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सजिलो हुनेछ । उक्त इन्टिग्रेसनमा आइएमई जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालि रहेको छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसको रूपमा विकास गरीएको एनपीआई सञ्चालनमा रहेको छ, जसमा हाल ६० सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् ।