मुख्यमन्त्री कार्यक्रम : तिनाउका किसानलाई पाडापाडी वितरण

पाल्पा : तिनाउ गाउँपालिकाका किसानलाई भैँसीको पाडापाडी वितरण गरिएको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको हो।गाउँपालिकाका वडा नम्बर २ र ५ का किसानलाई पाडापाडीसहित बाख्रा र बंगुर वितरण गरिनेछ। मुख्यमन्त्री कार्यक्रमको करिब ४२ लाख बजेटबाट खरिद गरेर वितरण गरिएको छ।२ नम्बर वडाको मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ। झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए। उनका अनुसार