नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।
कास्की जिल्लाको विपन्न बस्तीमा लागू गरिएको मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको पाइएको छ । सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरीक्षणका क्रममा लाभग्राहीहरुले सो धारणा राखेका हुन् । कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्दै संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा …