देशभर आधारभूत अस्पताल शिलान्यास : एक वर्ष बित्दा पनि अवस्था ज्यूँका त्यू

धनकुटा : अघिल्लो सरकारले अस्पताल शिलान्यास गरेको एक वर्ष पुगे पनि काम अघि बढ्न सकेको छैन।केपी ओलीको सरकारले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले एकैसाथ अस्पतालको शिलान्यास गरेको थियो।ती अस्पताल संघीय सरकार र स्थानीय सरकारले बनाउने गरी एक वर्षअघि प्रदेश १ मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो।प्रदेश १ को झापामा १२, पाँचथर, इलाम, संखुवासभा र ओखलढुंगामा ७/७, भोजपुर र खोटाङमा ६/६, तेह्रथुम, सोलखुम्बु र सुनसरीमा ५/५, धनकुटामा ४ र मोरङमा १० ओटा

सम्बन्धित सामग्री

ठेकेदारको लापरवाहीले म्याग्दीका दुई आधारभूत अस्पताल भवन निर्माणको काम अलपत्र

बेनी, पुस १९ । म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् । धौलागिरि-७ ताकममा पाँच र मङ्गला-५ हाँडेभिरमा १० शय्या क्षमताको आधारभूत अस्पताल २०७७ सालमा शिलान्यास गरिएको थियो । […]

२४२ पालिकाले अझै सुरु गरेनन् आधारभूत अस्पताल निर्माण

८ पुस, काठमाडौं । तीन वर्षमा २७ वटा आधारभूत अस्पताल मात्रै निर्माणको अन्तिम चरणमा पुगेका छन् । २४२ पालिकाले अझैसम्म अस्पताल निर्माण नै सुरु गरेका छैनन् । अस्पताल नभएका स्थानीय तहहरुमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेका […]

अलपत्र छन् पालिकामा निर्माणाधिन आधारभूत अस्पताल भवन

केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए।

कछुवा गतिमा आधारभूत अस्पताल

तीन सय ९६ पालिकामा दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले १७ मंसिर ०७७ मा आधारभूत अस्पताल शिलान्यास गरेका थिए । तर, २८ महिना हुँदा पनि...

बेथानचोकमा १० शय्याको आधारभूत अस्पताल शिलान्यास

बेथानचोक गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको शिलान्यास भएको छ। एक कार्यक्रमबीच बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गरे।

स्थानीय तहमा अस्पताल : हतारमा शिलान्यास, दुई वर्षमा एउटै पनि बनेन

काठमाडौं : जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमा नै पुर्‍याउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३९६ अस्पतालको शिलान्यास गर्‍यो।आधारभूत अस्पताल नभएका ७५३ मध्ये ६५५ स्थानीय तहमध्ये पहिलो चरणमा ३९६ वटा स्थानीय तहमा अस्पताल बनाउने भन्दै एकै पटक तामझामका साथ शिलान्यास गरिएको थियो। तर यसरी शिलान्यास गरिएका अस्पतालको निर्माण अझै भएको छैन।शिलान्यास गरिएकै समयमा पूर्वतयारी नगरी शिलान्यास गरिएको भन्ने आलोचना भए

तामझामसहित देशैभर शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कछुवा गतिमा

२०७७ मंसिर १५ गते सरकारले देशैभर एकैपटक ३९९ वटा आधारभूत अस्पताल भवनको तामझामका साथ शिलान्यास गर्‍यो । तत्कालीन सरकारले यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति पनि भन्यो । कोरोनाको महामारी चलिरहँदा सरकाले एकैपटक यत्रो मात्रामा अस्पतालको शिलान्यास गर्दा जनतामा पनि खुशीयाली छाएको थियो तर शिलान्यास भएका आधारभूत अस्पतालको काम धेरै स्थानीय तहमा १ वर्षसम्म पनि शुरू नै हुन सकेको छैन । कतै टेन्डर आह्वान भएका छन् भने कतै निर्माणका काम अगाडि बढेका छन् । कोरोनाको गति हात्ती लम्केझैं लम्किरहेको छ भने अस्पतालको निर्माण कार्य कछुवाको ...

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुस्त

बजेट अभाव र जग्गा छनोट मुख्य समस्या संघीय सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको संज्ञा दिँदै गत वर्षको मंसिर १५ गते सात प्रदेशकै स्थानीय तहमा सुरु गरेको आधारभूत अस्पताल निर्माण सुस्त छ । कतिपय स्थानीय तहले न त शिलान्यास नै गरेका छन्, न त जग्गा प्राप्ति नै । शिलान्यास गरेका स्थानीय तहमा पनि निर्माणकार्य सुस्त छ ।फक्ताङलुङ […]

सभापोखरीमा बन्ने भयो आधारभूत अस्पताल, भवन शिलान्यास गरियो

संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा ५ बेडको आधारभूत अस्पताल शिलान्यास भएको छ। ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यअनुसार आधारभूत अस्पताल निर्माण थालिएको हो। केन्द्रीय सरकारले ग्रामीण भेगसम्म स्वास्थ्य सेवाको पूर्वाधार पुर्‍याउन देशभर अस्पताल निर्माण कार्य तीव्र बनाएको छ।शनिबार एक कार्यक्रमबीच सभापोखरी गाउँपालिका–२ बगैँचामा ५ बेड क्षमताको आधारभूत अस्पताल शिलान्यास भएको हो। अस्पताल शिलान्यास गर्दे गाउँपालिका अध्यक्ष रत्न सुब्वाले भने यो क्षेत्रका नागरि