२०७७ मंसिर १५ गते सरकारले देशैभर एकैपटक ३९९ वटा आधारभूत अस्पताल भवनको तामझामका साथ शिलान्यास गर्यो । तत्कालीन सरकारले यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति पनि भन्यो ।
कोरोनाको महामारी चलिरहँदा सरकाले एकैपटक यत्रो मात्रामा अस्पतालको शिलान्यास गर्दा जनतामा पनि खुशीयाली छाएको थियो तर शिलान्यास भएका आधारभूत अस्पतालको काम धेरै स्थानीय तहमा १ वर्षसम्म पनि शुरू नै हुन सकेको छैन ।
कतै टेन्डर आह्वान भएका छन् भने कतै निर्माणका काम अगाडि बढेका छन् । कोरोनाको गति हात्ती लम्केझैं लम्किरहेको छ भने अस्पतालको निर्माण कार्य कछुवाको ...