२४२ पालिकाले अझै सुरु गरेनन् आधारभूत अस्पताल निर्माण

८ पुस, काठमाडौं । तीन वर्षमा २७ वटा आधारभूत अस्पताल मात्रै निर्माणको अन्तिम चरणमा पुगेका छन् । २४२ पालिकाले अझैसम्म अस्पताल निर्माण नै सुरु गरेका छैनन् । अस्पताल नभएका स्थानीय तहहरुमा दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्यका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा बालुवाटारबाट स्वीच थिचेर ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेका […]

सम्बन्धित सामग्री

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन्। सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो।

आधारभूत अस्पताल : भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?

१९ जेठ, काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदमा स्वास्थ्य क्षेत्रको बजेटको लामो फेहरिस्त सुनाए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्न सक्ने गरी पायक स्थानमा आधारभूत अस्पताल निर्माण र सञ्चालनलाई प्राथमिकता दिने बताए । ३२२ स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पताल निर्माणका लागि ८ अर्ब छुट्याएको छ । यसमध्ये आगामी आवमा […]

२४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरु हुन सकेन

महालेखा परिक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा आधारभूत अस्पताल निर्माण गर्न ६५५ निकायलाई अनुमति दिइएको उल्लेख छ। जसमध्ये ४१४ निकायमा निर्माणधीन अवस्थामा रहेको र २४१ निकायमा निर्माण सुरु नै नभएको प्रतिवेदन देखाएको छ।

अस्पताल निर्माण गर्न माग

काठमाडौँ,१८ साउन । सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण पुनः सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहुँदा समस्या हुँदै आएकाले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग […]

आधारभूत अस्पताल निर्माण कार्य सुस्त

सरकारले स्थानीय तहहरूमा दुई वर्षभित्र आधारभूत अस्पताल निर्माण गरिसक्ने लक्ष्य राखे पनि निकै सुस्त गतिमा अगाडि बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । हाल ६६ वटा मात्रै अस्पताल निर्माणका लागि बजेट निकासा भएको तथ्याङ्क छ ।सरकारले २०७७ साल पुस २१ गते  मन्त्रीस्तरीय गर्दै ५/१०/१५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गा व्यवस्थापन गर्न २ सय ५९ स्थानीय तहलाई पत्राचार गरेको थियो । १७ महिनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय ३ सय ९६ तहमा एकै द

आधारभूत अस्पताल निर्माण शुरू

बाँके । बाँकेको जानकी गाउँपालिकाले १५ शøयाको आधारभूत अस्पताल निर्माण शुरू गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताए । हरेक नागरिकलाई सुलभ र नि:शुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको जानकारी दिँदै उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफूले विश्वास लिएको बताए । दुई वर्षमा १५ शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी माघ २३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा/अनक जेभीले पाएको छ ।   उनका अनुसार अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाखमा बोलपत्र खोलेकोमा सो निर्माण कम्पनीले करसहित  ११ करोड ४४ लाखमा ठेक्का पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सुनिल पोखरेलले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गरिने बताए । अस्पताल निर्माणपछि जानकी गाउँपालिकावासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले बताए । प्राथमिक स्वास्थ्य उपचारका लागि अहिले गाउँपालिकाका ६ ओटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि थप उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङको  निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ।

निसीखोलामा दश शय्याको अस्पताल निर्माण सुरु

बागलुङ – जिल्लाको निसीखोला गाउँपालिकामा १० शय्याको पालिकास्तरीय आधारभूत अस्पताल निर्माण सुरु भएको छ । सङ्घीय सरकारको देशका सबै पालिकामा १५, १० र ५ शय्याको पालिका अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल बनाउन लागिएको हो । सो गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले निसीखोला-४ झिम्पामा अस्पतालको नयाँ भवन बनाउन सुरु भएको जानकारी दिए । हिन्दुङ एसी आइएस […]

तामझामसहित देशैभर शिलान्यास गरिएका आधारभूत अस्पताल निर्माण कछुवा गतिमा

२०७७ मंसिर १५ गते सरकारले देशैभर एकैपटक ३९९ वटा आधारभूत अस्पताल भवनको तामझामका साथ शिलान्यास गर्‍यो । तत्कालीन सरकारले यसलाई स्वास्थ्य क्षेत्रको क्रान्ति पनि भन्यो । कोरोनाको महामारी चलिरहँदा सरकाले एकैपटक यत्रो मात्रामा अस्पतालको शिलान्यास गर्दा जनतामा पनि खुशीयाली छाएको थियो तर शिलान्यास भएका आधारभूत अस्पतालको काम धेरै स्थानीय तहमा १ वर्षसम्म पनि शुरू नै हुन सकेको छैन । कतै टेन्डर आह्वान भएका छन् भने कतै निर्माणका काम अगाडि बढेका छन् । कोरोनाको गति हात्ती लम्केझैं लम्किरहेको छ भने अस्पतालको निर्माण कार्य कछुवाको ...

स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुस्त

बजेट अभाव र जग्गा छनोट मुख्य समस्या संघीय सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको संज्ञा दिँदै गत वर्षको मंसिर १५ गते सात प्रदेशकै स्थानीय तहमा सुरु गरेको आधारभूत अस्पताल निर्माण सुस्त छ । कतिपय स्थानीय तहले न त शिलान्यास नै गरेका छन्, न त जग्गा प्राप्ति नै । शिलान्यास गरेका स्थानीय तहमा पनि निर्माणकार्य सुस्त छ ।फक्ताङलुङ […]