काठमाडौं । सडकको बीच लेनमा निर्माण चलिरहेको छ । दायाँबायाँतर्फको लेनमा भने सवारीसाधनको जाम देखिन्छ । केही दिनअघि चक्रपथ (रिङरोड)अन्तर्गत ललितपुरको ग्वार्काे सडकखण्डमा देखिएको दृश्य हो यो । त्यसो त अचेल दिनहुँ यो दृश्य देखिन्छ ।
ललितपुर ग्वार्काेमा फ्लाइओभरको निर्माणको काम चलिरहेको छ । निर्माण अव्यवस्थित हुँदा उक्त सडकखण्डमा सवारीसाधन जाम हुने गरेको र यसले सास्ती खेप्नुपरेको यात्रुको दुखेसो छ । यसको समाधानतर्फ सरोकारवाला निकायले चासो नदिएको यात्रु गुनासो पोख्छन् ।