स्थानीय चुनावमा ४४ संस्थाका १० हजार बढी पर्यवेक्षक

काठमाडौं :आसन्न स्थानीय तह निर्वाचन २०७९ मा १० हजार भन्दा बढी पर्यवेक्षकहरुले पर्यवेक्षण गर्ने भएका छन्।निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण निर्देशिका २०७८ मापदण्ड पूरा गरेका ४४ वटा राष्ट्रिय संस्थाहरुलाई पर्यवेक्षण अनुमति दिएको छ।नियोग, निर्वाचन पर्यवेक्षण मञ्च, मतदाता अधिकार मञ्चलगायतका संस्थाले पर्यवेक्षणका अनुमति पाएका आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए।उनका अनुसार हालसम्म ६५ संस्थाले आवेदन दिएकामा ४४ वटाले मात्रै अनुमति पाएका हुन्। अन्य संस्थाको भने आवश्वक कागजात पुरा नभएकोले अनुमति नप