काठमाडाैँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्। आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरूको गुनासो सुनेपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरूमा समेत एजेण्टहरूमार्फत जताततै श्रमिकहरू ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन्। उनले शून्य लागतमा वैदेशिक रोजगारीमा जान सक्ने सम्झौता भएका […]