वैदेशिक रोजगार विभागको प्राथमिकतामा ठगी नियन्त्रण

काठमाडौं : वैदेशिक रोजगार विभागले चालू आवमा श्रम क्षेत्रमा सुधार गरेको दाबी गरेको छ। श्रम स्वीकृति, ठगी नियन्त्रण, कामदारको सहजीकरण लगायतका विषयमा फड्को मारेको जनाएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले शुक्रबार चालू आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै ठगी नियन्त्रणका लागि विभागले काम गर्दै आएको बताए। विभागमा प्रहरी युनिट गठन गरी ठगी नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन, अनलाइनबाट श्रम स्वीकृति, अनुसन्धान अधिकृत खटाइ काम गर्दै आएको उनले दाबी गरे।वै

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा ठगी आरोपमा सर्लाहीबाट १ जना पक्राउ

१० जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिऔनबाट एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ इलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिकाकी विमला विष्टलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा बुझाउन ल्याएको छ । विमलासहितको गिरोहले विभिन्न व्यक्तिलाई अमेरिका, फ्रान्स लगायतको देश पठाइदिन्छु भनी ६ करोड रुपैयाँ भन्दा […]

सरकारी कोटामा बेलायत जाने नर्ससँग कसैले पैसा उठाए उजुरी दिनुस् : श्रम मन्त्रालय

काठमाडौँ । नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरुन्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरुन्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो। श्रममन्त्री शेरबहादुर कुँवरले शून्य शुल्कमा दुई सरकारबीच भएको सम्झौतामा अन्य […]

श्रममन्त्रीको नाम जोडिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण

कतार प्रहरीको नाममा फेरि ठगी धन्दा सुरु भन्ने शिर्षकमा आएका समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा मन्त्रालय, वैदेशिक रोजगार विभाग र स्वयं मन्त्री शेरबहादुर कुँवरको नाम जोडिएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।विभिन्न सञ्चारमाध्यममा कतार प्रहरीमा पठाउने भन्दै पुनः भर्ना प्रक्रिया सुरु भएको र त्यसका लागि मन्त्री मुछिएको भन्दै समाचार सम्प्रेषण भएका थिए । अल ताक्वेत ओभरसिजले

वैदेशिक रोजगारी : कानुन बन्छ, कार्यान्वयन हुँदैन, उस्तै छ ठगी धन्दा

काठमाडौं : आइतबार बिहान वैदेशिक रोजगार विभाग परिसरमा भिडभाड देखियो। हातमा कागजपत्रको फाइल, निन्याउरो अनुहारमा विभाग परिसर कुर्नेको भिड थियो। सोही भिडमा सिन्धुपाल्चोक घर भएका हरिशरण थापा भेटिए। ठगिएको पैसा उठ्ने झिनो आशाका साथ उनी विभागमा आइपुगेका हुन्। नेपालमा रोजगारीको राम्रो अवसर नपाएपछि थापाले २०७५ सालमा वैदेशिक रोजगारीमा जाने सोच गरे। नजिकका छिमेकी दाइलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए।  पोल्याण्डबाट कामको राम्रो अवसर आएकाले सोही देश जानका लागि सल्

पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई युक्रेनी नागरिक पक्राउ

काठमाडौं – पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जना युक्रेनी नागरिक पक्राउ परेका छन् ।  पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।  पीडितको उजुरीको आधारमा वैदेशिक रोजगार विभाग र प्रहरीको अपराध अनुसन्धान म...

श्रम मन्त्रालयमा उद्धार कक्ष

श्रम मन्त्रालयमा वैदेशिक रोजगार ठगी नियन्त्रण तथा उद्धार सहायता कक्ष स्थापना भएको छ । श्रममन्त्री फरमुल्लाह मन्सुरका अनुसार सहायता कक्षमा आएका उजुरीलाई वैदेशिक रोजगार विभाग र नेपाली दूतावासमार्फत कार्यान्वयन गरिनेछ ।

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना - Purbeli News

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ वैदेशिक...