काठमाण्डौ – वैदेशिक रोजगारमा हुने अनियमितता र ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली परिचालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंगलबार बिहानैदेखि सादा पोसाकमा टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।
भिजिट भिसामा मानिसहरू पठाएर खाडी लगायतका देशमा अलपत्र पार्ने र ठग्ने क्रम बढेपछि ...