कात्तिक लागेपछि घट्न थाल्यो निक्षेप

काठमाडौं, कात्तिक १७ । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको पहिलो सातादेखि निरन्तर घटिरहेको छ । तिहार, छठलगायत ठूला चाडपर्व र चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप घट्न थालेको बैंकरहरूको अनुमान छ । चुनावपछि यो रकम […]

सम्बन्धित सामग्री

बढ्न थाल्यो चलनचल्तीको नगद

काठमाडौं  । अर्थतन्त्रको बाह्य र आन्तरिक अवस्थामा सुधारसँगै बजारमा नगदको कारोबार पनि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा बजारमा चलनचल्तीमा रहेको नगद बढेको पाइएको छ ।  राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव) को वैशाख मसान्तमा ६ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँ नगद चलनचल्तीमा छ । २०७९ असार मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड रुपैयाँ चलनचल्तीमा रहेकोमा वैशाखमा ११ अर्ब ८७ करोड रुपैयाँले वृद्धि भएको हो ।  चालू आवमा चलनचल्तीमा रहेको नगद लगातार घटेको थियो । कोभिड–१९ महामारी र रुस–युक्रेन तनावको बाछिटाले आर्थिक गतिविधिमा कमी आएसँगै बजारमा नगदको चलनचल्ती घट्न थालेको थियो । चालू आवकै साउनमा ५ खर्ब ९९ अर्ब रुपैयाँ नगद चलनचल्तीमा थियो । सरकार र राष्ट्र बैंकले आयात कडाइ गर्नुका साथै कसिलो मौद्रिक नीति जारी गरेपछि अर्थतन्त्रको सूचकमा सुधार देखिएको छ ।  वैशाखमा नेपाल राष्ट्र बैंकमा रहेको बैंक, वित्तीय संस्थाको रकम पनि बढेको छ । २०७९ असारमा नेपाल राष्ट्र बैंकमा बैंकहरूको १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा वैशाख मसान्तमा २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । चालू आवदेखि राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) वृद्धि गरेपछि राष्ट्र बैंकमा रहेको निक्षेप बढेको हो ।  राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार वैशाखमा देशको शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ भने निक्षेप संकलन तथा कर्जा प्रवाहमा पनि सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ । आयात घट्नुका साथै विप्रेषण बढ्दा राष्ट्र बैंकसँग रहेको विदेशी मुद्रा सञ्चितिसमेत बढेको छ । असारमा राष्ट्र बैंकसँग कुल ११ खर्ब ४४ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेकोमा वैशाख मसान्तमा बढेर १४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।  अर्थतन्त्रको बा≈य क्षेत्रमा देखिएको दबाबका कारण चालू आवमा कसिलो मौद्रिक नीति लिएको राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षाबाट ‘सजगतापूर्वक केही लचिलो’ बनाएको छ । मौद्रिक नीतिको कसिला प्रावधानका कारण लगातार उकालो लागेको ब्याजदर घट्न थालेको छ । यस्तै बैंकहरूमा निक्षेप तथा कर्जा पनि वृद्धि हुन थालेको देखिएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंकदर १ दशमलव ५ प्रतिशत विन्दुले घटाएर ८ दशमलव ५ प्रतिशत कायम गरेको छ । नीतिको अर्धवार्षिक समीक्षाबाट बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई नीतिगत दर ७ प्रतिशतमा उपलव्ध गराउने व्यवस्था गरेको थियो ।

घट्न थाल्यो बैंकमा निक्षेप, सीडी रेसियो बढ्यो

काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप घट्न थालेको छ । यही कात्तिक ४ गतेको तुलनामा कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको छ । एक साताको अन्तरालमा निक्षेप १७ अर्ब १३ करोड रुपैयाँ घटेको नेपाल बैंकर्स संघले जनाएको छ । कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप कायम थियो । कात्तिक...

बजेट खर्च बढेसँगै बैंकमा निक्षेप बढ्न थाल्यो, सातामै ७ अर्ब थपियो

चालु आर्थिक वर्षको अन्त-अन्त आइपुग्दा सरकारको बजेट खर्च बढ्न थालेको छ । चालुगत र पुँजीगत दुबै तर्फको खर्च बढ्न थालेसँगै सो प्रभाव यता बैंकिङ निक्षेपमा पर्न थालेको छ ।यसैको प्रभाव पछिल्लो साता मात्र २७ वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप बढ्न पुगेको छ । यद्यपि, सो अवधिमा यता कर्जा लगानीतर्फ  भने २ अर्ब रुपैयाँले घट्न पुगेको बैंकर्स संघले जनाएको छ । संघको पछिल्लो वित्तीय रिपोर्ट अनुसार जेठ १३ गतेदेखि २० गतेसम्ममा २७ वाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ४३ खर्ब ९० अर्ब

झन गहिरिँदै तरलता अभाव, पुस लागेपछि अझै घट्न थाल्यो निक्षेप

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ लागेसँगै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट गहिरिँदै गएको छ। आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि तरलताको समस्या समाधान हुने छाँटकाँट छैन। बैंकमा अझ तरलताको संकट बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरु ससानो र अत्यावश्यक कामबाहेकका क्षेत्रमा कर्जा लगानी नै रोक्नुपर्ने अवस्थामा पुगिसकेका […]

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप फर्कन थाल्यो

बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप क्रमशः बैंकहरूमा फर्कन थालेको छ । चैतको तेस्रो साताबाट घट्न थालेको निक्षेप वैशाख दोस्रो सातासम्म पुग्दा पनि निरन्तर घटेको थियो । तर तेस्रो सातामा भने १ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।