चालु आर्थिक वर्षको अन्त-अन्त आइपुग्दा सरकारको बजेट खर्च बढ्न थालेको छ । चालुगत र पुँजीगत दुबै तर्फको खर्च बढ्न थालेसँगै सो प्रभाव यता बैंकिङ निक्षेपमा पर्न थालेको छ ।यसैको प्रभाव पछिल्लो साता मात्र २७ वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप बढ्न पुगेको छ । यद्यपि, सो अवधिमा यता कर्जा लगानीतर्फ भने २ अर्ब रुपैयाँले घट्न पुगेको बैंकर्स संघले जनाएको छ । संघको पछिल्लो वित्तीय रिपोर्ट अनुसार जेठ १३ गतेदेखि २० गतेसम्ममा २७ वाणिज्य बैंकहरुले ७ अर्ब रुपैयाँले निक्षेप बढाउँदै ४३ खर्ब ९० अर्ब