काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरण मिलाउन आन्तरिक दौडधुपमा लागेका छन् । सरकार गठन भएको लामो समयसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा प्रचण्डले राजनीतिक भेटवार्तालाई बढाएका छन् । उनले सत्तारुढ गठबन्धनका नेताहरूसँग निरन्तर वार्ता गरिरहेका छन् । यही क्रममा प्रचण्डले आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् […]