मकवानपुर । सरकार गठनका लागि केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ । केन्द्रीय सरकार गठनका लागि भागबण्डा नमिल्दा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन फुटेको छ ।सत्ता गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्र एमालेसँग मिल्न पुगेसँगै केन्द्रमा मात्र नभएर सात वटै प्रदेशमा समीकरण फेरिएको हो । केन्द्रमा माओवादी केन्द्र र एमाले मिल्दा कांग्रेस एक्लिएको छ । केन्द्रमा सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने