सरकारले ‘हनिमुन’ मनाउन नपाउँदै फुत्किएको समीकरण

काठमाडौं : दुई महिनापछि राजनीतिक परिदृश्य बदलिएको छ। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको ६१ दिनमा नै सत्ता समीकरण बदलिएको हो।सामान्यतया सरकार निर्माणको एक सय दिनलाई ‘हनिमुन’ पिरियड मानिन्छ। तर, पहिलो हनिमुन मनाउन नपाउँदै सत्ता समीकरण बदलिएको हो। गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री नियुक्त भए। सोही दिन बिहानसम्म नेपाली कांग्रेससँग प्रधानमन्त्रीमा ‘बार्गेनिङ’ गरिरहेका प्रचण्डलाई एमालेले बोलाएर प्रधानम