काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका अन्य सेवाहरू अब अनलाइनबाट लिन सकिने भएको छ ।
आज सोमबारदेखि बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान गर्न थालिएको हो ।
वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्ष भित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा घटना घटेको मितिले एक वर्ष भित्र बोर्डमा नियम अनुसार आर्थिक सहाय...