वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आबद्ध

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिइ भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआइै अन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्ता...

सम्बन्धित सामग्री

मृतक कामदारका परिवारलाई बिमा र बोर्डबाट दिइने भुक्तानीलाई एकीकृत गरिँदै

वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु हुँदा वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट पाउने रकम एकीकृत रूपमा मृतकका कामदारको परिवारलाई भुक्तानी गरिने भएको छ । सहयोग रकममा ठगी हुन थालेपछि नेपाल बिमा...

विदेशमा रहेका श्रमिकलाई नेपालबाटै स्वास्थ्य परामर्श

काठमाडौं। विदेशमा काम गर्ने श्रमिकहरुको लागि सरकाले टेलिमेडिसिनको व्यवस्था गरेको छ। टेलिमेडिसिन भनेको श्रमिकहरुको स्वास्थ्यमा कुनै समस्या परेमा फोन सम्पर्क बाटै त्यसको उपचार बताउने प्रविधि हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक द्वारीका उप्रेतिले यो निकै नै प्रभावकारी भएको र श्रमिकहरु पनि यस्तो सेवाबाट खुशी भएको बताएका छन्।

‘वैदेशिक रोजगार बोर्ड खारेज हुनुपर्छ’

काठमाडौँ- भक्तपुरमा आज आयोजित कार्यक्रमका सहभागीहरूले वैदेशिक रोजगार बोर्ड खारेज गर्नुपर्ने माग राखेका छन् । कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन कानूनको व्यवस्थाबारे जानकारी दिन आयोजित अभिमुखीकरणमा सहभागीहरूले मानव तस्करीको मुख्य कारण वैदेशिक रोजगारी बनिरहेको र यही कारण बोर्ड खारेज गर्नुपर्ने बताएका हुन् । […]

वैदेशिक रोजगार बोर्ड : ६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

काठमाडौं : वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिनेको नाम सार्वजनिक भएको छ। बिहीबार वैदेशिक रोजगार बोर्डले आवेदन दिनेमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो।बोर्डले गत २० जेठमा  सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो। दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरूको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।  बोर्डका अनुसार निजगढ–८ बाराका निर्मल कुमार उप्रेती, मध

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवाहरु अव अनलाइनबाटै

वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपूर्ति लगायत कल्याणकारी सेवाहरु अबदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कल्याणकारी सूचना प्रणाली कार्यविधि २०७८ स्वीकृत गरी कल्याणकारी सेवाहरु अनलाइनबाटै हुने व्यवस्था गरेका हुन्।बोर्डले आफ्ना कल्याणकारी सेवाहरु अनलाइनबाटै प्रदान गर्न सफ्टवेयर बनाएको छ । जसअनुसार वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रदान गर्ने आर्थिक सहायता

वैदेशिक रोजगार बोर्ड नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित बनाउन क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । उक्त सम्झौतापछि वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट स्वीचसँग जोडेर सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।यसले वैदेशि

वैदेशिक रोजगार बोर्ड : शव ढुवानी र आर्थिक सहायता बाहेकका सेवा बन्द

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डको सचिवालयले शव ढुवानी र आर्थिक सहायता बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । सचिवालयबाट प्रदान गरिँदै आएका शव ढुवानी र आर्थिक सहायता बाहेकका सेवाहरु आजदेखि  अर्को सूचना जारी नहुँदासम्मको लागि बन्द गरिएको बोर्डले जनाएको छ । कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढेसँगै नेपाल सरकारले देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरेको छ । यस्तो अवस्थामा संक्रमणबाट जोगिन बोर्डले पनि भौतिक रुपमा उपस्थित हुनुपर्ने आफ्ना सेवाहरु बन्द गरेको हो । बोर्डबाट प्रदान गरिने आर्थिक सहायताका लाग...

मलेसियामा वैधानिक रूपमा काम गर्नेलाई अब सामाजिक सुरक्षा निश्चित छ

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन नेपाल र मलेसियाबीच समझदारी भएको छ । वैदेशिक रोजगार ऐनले दिएको म्यान्डेट अनुसार वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगारीमा जाने श्रमिक र उनका परिवारको हित कल्याणमा प्रतिबद्ध छ । वैदेशिक रोजगारीको क्रममा करार अवधिमा जति वर्ष काम गर्नुहुन्छ, त्यो अवधिमा सामाजिक सुरक्षाको प्रत्याभूति हुने काममा बोर्ड केही वर्ष यतादेखि लागिरहेको छ । यसकै फलस्वरूप यस वर्ष मलेसियाबाट सुरुवात भएको छ । मलेसिया सरकारले वैधानिक रूपमा मलेसियामा काम गर्ने व...