मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन नेपाल र मलेसियाबीच समझदारी भएको छ । वैदेशिक रोजगार ऐनले दिएको म्यान्डेट अनुसार वैदेशिक रोजगार बोर्ड वैदेशिक रोजगारीमा जाने श्रमिक र उनका परिवारको हित कल्याणमा प्रतिबद्ध छ ।
वैदेशिक रोजगारीको क्रममा करार अवधिमा जति वर्ष काम गर्नुहुन्छ, त्यो अवधिमा सामाजिक सुरक्षाको प्रत्याभूति हुने काममा बोर्ड केही वर्ष यतादेखि लागिरहेको छ । यसकै फलस्वरूप यस वर्ष मलेसियाबाट सुरुवात भएको छ ।
मलेसिया सरकारले वैधानिक रूपमा मलेसियामा काम गर्ने व...