वैदेशिक रोजगार बोर्ड : ६ जनामध्ये को बन्लान् कार्यकारी निर्देशक?

काठमाडौं : वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिनेको नाम सार्वजनिक भएको छ। बिहीबार वैदेशिक रोजगार बोर्डले आवेदन दिनेमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो।बोर्डले गत २० जेठमा  सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये योग्यता पुगेका ६ जनाको मात्रै नाम सार्वजनिक गरिएको हो। दरखास्त दिएकामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरूको आवेदन स्वीकृत भएको बोर्डले जनाएको छ।  बोर्डका अनुसार निजगढ–८ बाराका निर्मल कुमार उप्रेती, मध

सम्बन्धित सामग्री

श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने

वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ । बोर्डको आइतबार बसेको बैठकले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिनबिच मङ्सिर २० गते सम्झौतामा हस्ताक्षर भएको थियो ।

विदेशमा रहेका श्रमिकलाई नेपालबाटै स्वास्थ्य परामर्श

काठमाडौं। विदेशमा काम गर्ने श्रमिकहरुको लागि सरकाले टेलिमेडिसिनको व्यवस्था गरेको छ। टेलिमेडिसिन भनेको श्रमिकहरुको स्वास्थ्यमा कुनै समस्या परेमा फोन सम्पर्क बाटै त्यसको उपचार बताउने प्रविधि हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक द्वारीका उप्रेतिले यो निकै नै प्रभावकारी भएको र श्रमिकहरु पनि यस्तो सेवाबाट खुशी भएको बताएका छन्।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न आवेदन दिने ६ जनाको नाम सार्वजनिक

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक बन्न आवेदन दिएकामध्ये ६ जनाकाे नाम सार्वजनिक गरिएकाे छ । गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त दिएकामध्ये याेग्यता पुगेका ६ जनाकाे मात्रै नाम सार्वजनिक गरिएकाे हाे । दरखास्त दिएका ९ जनामध्ये ६ जनाको मात्रै तोकिएको योग्यता पुगेकाले उनीहरुको आवेदन स्वीकृत भएको श्रम, […]

वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आबद्ध

वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिइ भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआइै अन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्ता...

वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आवद्ध

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएर भुक्तानीहरू पूर्ण स्वचालित रूपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौतापछि बोर्डले आफ्नो आन्तरिक भुक्तानी...

वैदेशिक रोजगार बोर्ड पनि एनपीआईमा आबद्ध

काठमाडौं । वैदेशिक रोजगार बोर्डले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिइ भुक्तानीहरु पूर्ण स्वचालितरुपमा गर्न दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा वैदेशिक रोजगार बोर्डका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात […]

वैदेशिक रोजगार बोर्ड नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

वैदेशिक रोजगार बोर्ड नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध भएको छ । बोर्डले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित बनाउन क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । उक्त सम्झौतापछि वैदेशिक रोजगार बोर्डले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई नेशनल पेमेन्ट स्वीचसँग जोडेर सोझै लाभग्राहीहरुको बैंक खातामा भुक्तानी गर्न सक्नेछ ।यसले वैदेशि

मलेसियामा नेपाली श्रमिकको सामाजिक सुरक्षा समझदारी

मलेसियामा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने विषयमा नेपाल र मलेसिया सरकारबीच समझदारी भएको छ । वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सस्को)बीच नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रवद्र्धनसम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालको तर्फबाट बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सस्कोका प्रमुख कार्यकारी अधिकृत डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गर्नुभयो । विश्वव्यापी रूपमा सङ्क्रमण कायम रहेको कोरोनालाई ध्यानमा राखी समझदारी पत्रको आदानप्रदानमार्फत यही फागुन ४ गते काठमाडौँमा र १४ गते मलेसियामा हस्ताक्षर सम्पन्न भएको जनाइएको छ । मलेसियामा रहेको नेपाली दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफलपछि तयार भएको अन्तिम मस्यौदा माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान छ । सोस्कोका अनुसार हालसम्म करिब तीन लाख नेपाली श्रमिक यसमा आबद्ध छन् । सोस्कोमा आबद्ध हुन रोजगारदाताले श्रमिकले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा बुझाउनुपर्ने हुन्छ ।

आज कतारबाट चार्टर्ड उडानमार्फत २० नेपालीको शव आउँदै, बोर्डले घरसम्म पुर्‍याइदिने

काठमाण्डौ – कतारबाट आज २० नेपालीको शव ल्याइने भएको छ । कतार एअरवेजको चार्टर्ड जहाजमार्फत २० जना नेपालीको शव दिउँसो काठमाण्डौ आइपुग्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाल...