काठमाण्डाै - तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।
तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’
उहाँले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताउनु भएको छ । तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्...