युएईको शरणमा अफगानिस्तानका राष्ट्रपति असरफ घानी

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन्। खाडी मुलुक युएईले यसको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। आइतवार तालिबान राजधानी काबुल छिरेसँगै घानीले अफगानिस्तान छाडेका थिए। युएईका विदेशमन्त्रीले मानवियताका आधारमा घानी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरिएको बताए। यसअघि, घानी ताजिकिस्तान पुगेको हल्ला चलेको थियो।…

सम्बन्धित सामग्री

अफगानिस्तानका सरकारी कर्मचारीले तलब माग गर्दै एक बैङ्क बाहिर गरे प्रदर्शन

काठमाडौँ। अफगानिस्तानका सरकारी कर्मचारीहरुले आफूले काम गरे बापतको तलब माग गर्दै काबुलको एक बैङ्क बाहिर प्रदर्शन गरेका छन् । सयौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ घानी विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । सरकारले विगत ६ महिनादेखि तलब भुक्तान नगरेको भन्दै उनीहरुले ३ देखि ४६ महिनाको तलब भुक्तानी गर्न माग गरेका हुन् । […]

तालिबानले घानीलाई माफी दिने, देश फर्कन आग्रह

काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै तालिबानका वरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले उनीहरुलाइ देश फर्कन आग्रह गरेको हो । यस्तै प्रमुख हक्कानीले आफुहरु […]

तालिवान पुनरोदयको अर्थ

गत हप्ता इस्लामिक जिहादी समूह तालिवानले अफगानिस्तानको सत्तामाथि चढाइँ गर्‍यो । दुई दशकदेखि त्यहाँ रहेको अमेरिकी नेतृत्वको नेटो सेना फिर्ता हुन थालेको एक महीना नबित्दै जननिर्वाचित भनिएका राष्ट्रपति असरफ घानी देश छोडेर भागे । विश्वभरि जस्तै नेपालमा पनि यो घटनाले अनेक तरंग र प्रतिक्रिया उत्पन्न गरे । कतिपय प्रतिक्रिया आश्चर्यजनक तथा चर्चा गर्न लायक देखिए […]

अफगानी राष्ट्रपति घानी युएईको शरणमा

अफगानिस्तानका राष्ट्रपति असरफ घानी युनाइटेड अरब इमिरेट्स (युएई)को शरणमा पुगेका छन् । विद्रोही लडाकू समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका राष्ट्रपति घानी बुधबार युएई पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि घानी छिमेकी...

अफगान राष्ट्रपति घानी यूएईको शरणमा

काठमाडौँ- तालिबानले देश कब्जा गरेपछि भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानी संयुक्त अरब इमिरेट्स (यूएई) को शरणमा पुगेका छन् । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा उनी देश छाडेर भागेका थिए ।

अफगान राष्ट्रपति घानी हेलिकोप्टरमा पैसा भरेर काबुलबाट भागेको रुसको दाबी

एजेन्सी– रुसले अफगानिस्तानका राष्ट्रपति असरफ घानी हेलिकोप्टर भरी पैसा भरेर राजधानी काबुलबाट भागेको दाबी गरेको छ । काबुलस्थित रुसी दूतावासले भने प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै राष्ट्रपति घानीले कार र हेलिकोप्टरमा पैसा भरेर निस्किएको जनाएको हो । समाचार संस्था आरआईएलाई उदृत गर्दै द इन्डियन एक्सप्रेसले पनि घानीले पैसा नअटेपछि केही छाडेर गएको जनाएको छ । तालिबानले काबुल […]

नेटोसहितका अमेरिकी प्रतिनिधिसँग छलफल गर्दै अफगान राष्ट्रपति घानी

तालिवान लडाकुले राजधानी काबुललाई चारैतिरबाट घेरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको मनस्थितीमा पुगेका राष्ट्रपति असरफ घानी अहिले नेटोसहितका अमेरिकी प्रतिनिधीसँग छलफलमा व्यस्त रहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले उल्लेख गरेका छन्। तालिवानले आइतबार बिहानै देशको प्रमुख प्रशासकीय केन्द्र काबुललाई चारैतिरबाट घेरा हालिसकेको थियो। तालिवानले शान्तिपूर्ण सत्ता हस्तान्तरण भए काबुलमा आक्रमण नहुने बताइरहेको छ। देशका सम्पूर्ण सिमाहरु तालिबानले पकडमा लिएपछि […]

अफगानिस्तानको राष्ट्रपति भवनमा प्रार्थना चल्दै गर्दा रकेट आक्रमण

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति निवासलाई लक्षित गर्दै रकेट आक्रमण गरिएको छ। इदको अवसरमा राष्ट्रपति भवन परिसरमा प्रार्थना हुँदैगर्दा रकेट आक्रमण भएको हो। प्रार्थना चल्दै गर्दा राष्ट्रपति असरफ घानी समेत त्यही प्रार्थनास्थलमा नै थिए। रकेट आक्रमणको आवाजबिच उपस्थित व्यक्तिहरुले प्रार्थनालाई निरन्तरता दिएका थिए। Video by national TV shows the moment rockets…