अफगानिस्तानः पूर्वराष्ट्रपति कारजाईले भने देश छाड्दिन, भगुवा घानी भन्छन्–रक्तपात हुन नदिन पलायन भए

एजेन्सी, साउन ३२ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल पूरै अमेरिकी र नेटो सैनिकको नियन्त्रणमा छ । मुलुकको नेतृत्व गरिरहेका राष्ट्रपति असरफ घानी नै देश छाडेर भागेपछि सर्वसाधारणमा आतंकको अवस्था सृजना भएको हो । […]