बेलारुसका राष्ट्रपति अलेक्सान्ड्रा जी लुकाशेन्कोले विश्वकै भ्रष्ट व्यक्तिको उपाधि पाएका छन्।
संगठित अपराध तथा भ्रष्टाचार सम्बन्धी रिपोर्टिङ प्रोजेक्ट (अर्गनाइज क्राइम एण्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट-ओसीसीआरपी)ले युरोपका अन्तिम तानाशाह भनिने बेलारुसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष व्यक्ति घोषणा गरेको हो।
२०२१ को अन्तिम सूचीमा अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानी, सिरियाका राष्ट्रपति बशार अल-असाद, टर्कीका राष्ट्रपति रेशप तैयप एर्डोगान…