प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज बनाउन आफू सधैँ तयार रहेको बताएका छन् । भारत भ्रमणका क्रममा आज भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा देउवाले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै त्यसका लागि वातावरण बनाउने जिकिर गरेका हुन् । कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिज (सिआईआई) ले आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सिआईआई भारतमा महासंघक