निजी क्षेत्रले कर दाखिला गर्ने र विवरण बुझाउने समय मागे

काठमाडौँ । निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन्। नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण […]

सम्बन्धित सामग्री

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने […]

अब ४ महिनामा कर विवरण बुझाउनु पर्ने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले करदाताले अब चार महिनामा कर बुझाउने व्यवस्था गरिएको बताएका हुन्।...

राजश्व विभागको प्राविधिक समस्याले कर तिर्न नपाएका करदाता सर्वोच्चमा

करदाताहरुले असार महिनाको कर तथा विवरण बुझाउने अन्तिम दिन साउन २५ गते विभागको सर्वरमा समस्या आएको थियो । यसमा करदाताले जरिवाना तिर्नुपर्ने भएपछि मुद्दा दायर गरेका हुन् ।

चिन्तमणी फुँयाल बने अनलाईनबाट सवारी कर तिर्ने पहिलो सेवाग्राही

काठमाडौं। चिन्तामणी फुँयाल अनलाईनबाट सवारी कर बुझाउने पहिलो सेवाग्राही बनेका छन्। बागमती प्रदेश सरकारले आजदेखि सुरु गरेको अनलाईन प्रणालीबाट उनले सवारीको राजश्व भुक्तानी गरेका हुन्। टीएआईएस डट बागमती डट जीओभी डट एनपीमा गएर उनले आफ्नो नम्बर लगइन गरेपछि सवारीको विवरण र ब्लुबुक नम्बर राखेर उनले कर तिरेका छन्। उनले अनलाईन प्रणालीमा सबै विवरण राखेपछि कनेक्ट आईपीएसमार्फत कर तिरेका हुन्।

कर तिर्ने म्याद  २५ असारसम्म थपियो

सरकारले कर विवरण र कर रकम बुझाउने समयसीमा थप गरेको छ । करदाताले चैत र वैशाखमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर विवरण र कर रकम बुझाउने अन्तिम म्याद २५ असारलाई तोकिदिएको हो ।  अर्थमन्त्रालयले...

निषेधाज्ञा नखुलेसम्म कर असुली र जरिवाना नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञा पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र मूल्य अभिबृद्धि विवरण र कर बुझाउने व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले आज निषेधाज्ञाको अवधिभर कर नबुझाउनेसँग जरिवाना असुल नगर्न आदेश जारी गरेको हो ।“कर विवरण बुझाउने अवधि थप गर्ने र प्रक्रिया सरलीकरण गर्नेलगायतका विषयमा निर्णय र प्रकाशित सूचना बमोजिम हुने नै हुँदा कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु” आदेशमा भनिए

कर दाखिला र विवरण बुझाउने अवधि थप्न माग

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले सरकारद्वारा जारी निषेधाज्ञाको समय कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप्न माग गरेको छ । कोरोना महामारीले सिर्जित विषम परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले कुनै थप शुल्क र जरिवाना नलिन संघले माग गरेको हो । संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तिमा कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा कानुनमा उल्लिखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र कर दाखिला गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ । कर विवरण पेस गर्नुपर्ने सम्बन्धमा हालको व्यवस्थालाई सहज बनाई कोभिड प्रकोप न्यून नहुन्जेलसम्म सहज रूपमा कर दाखिला गर्न र विवरण बुझाउन पाउनुपर्ने माग संघको छ । संघका महासचिव कँडेलले विशेष आर्थिक प्याकेजसहित कर जरिवाना छुट, विद्युत् महसुल छुटको माग गर्दै सरकारलाई आगामी आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्न मागपत्र पेस गरिएको जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाका ब्याज किस्ता, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, उद्योग कलकारखानाको विद्युत्, श्रमिक कर्मचारीको तलब, घरभाडा, उद्योग तथा कम्पनीमा बुझाउनुपर्ने बक्यौतालगायतले व्यवसायी मारमा परेका छन् ।

कर दाखिला र विवरण बुझाउने म्याद थप्न आग्रह

काठमाडौं, (नेस) । नेपाल उद्योग परिसंघले सरकारले घोषणागरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेको छ। महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि परिसंघले […]

निजी क्षेत्रले कर दाखिला गर्ने समय मागे

निजी क्षेत्रले सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा कर विवरण बुझाउन र कर चुक्ता गर्न कठिन भएकाले समय थप गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कर्मले आज विज्ञप्ति जारी गर्दै महामारीका कारण सिर्जित कठिन परिस्थितिका कारण कर दाखिला गर्न समस्या भएकाले अवस्था सहज हुनासाथ कर रकम र विवरण बुझाउने भएकाले त्यसमा कुनै थप शुल्क र जरिवाना नलिन पनि सरकारसँग माग गरेका हुन् । परिसङ्घले कर विवरण पेश गर्नुपर्ने सम्बन्धमा कानूनमा उल्लेखित हालको व्यवस्थाको सट्टा कोभिडको प्रकोप सहज नहुञ्जेल सहज रूपमा विवरण र...

कर बुझाउने समय थप गर्न चार्टर्ड एकाउन्टेन्ट संघको अर्थमन्त्रीसँग आग्रह

काठमाडौं : कोभिड १९ लाई कारण देखाउँदै चार्टर्ड एकाउन्टेन्टहरुले आयकर विवरण बुझाउने म्याद तीन महिना थप गर्न सरकारसँग आग्रह गरेका छन्। अनुमानित आयकर पुस मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड १९ का कारण चुनौती देखिएकाले चैत मसान्तसम्म हुनेगरी व्यवस्था मिलाउन आग्रह गरेका हुन्।  नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा…