कर तिर्ने म्याद  २५ असारसम्म थपियो

सरकारले कर विवरण र कर रकम बुझाउने समयसीमा थप गरेको छ । करदाताले चैत र वैशाखमा बुझाउनुपर्ने विभिन्न प्रकारका कर विवरण र कर रकम बुझाउने अन्तिम म्याद २५ असारलाई तोकिदिएको हो ।  अर्थमन्त्रालयले...

सम्बन्धित सामग्री

अबदेखि काठमाडौं महानगरले फनपार्कबाट कर उठाउने

काठमाडौं, ११ असार। काठमाडौं महानगरभित्र सञ्चालित फनपार्कले अब महानगरपालिकालाई व्यवसाय कर तिनुपर्ने भएको छ। महानगरको आर्थिक ऐन अनुसार ५ रोपनीसम्म क्षेत्रफल भएको फनपार्कले महानगरपालिकालाई १० हजार रुपैयाँका दरले व्यवसाय कर तिर्नुपर्ने भएको छ। १० रोपनीसम्म २० हजार र १० रोपनीभन्दा बढीलाई ३० हजार रुपैयाँका दरले अब व्यवसाय कर लाग्ने भएको छ।

आयकरको तेस्रो किस्ता असार मसान्तसम्म बुझाउन विभागको ताकेता

२८ असार, काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको तेस्रो किस्ता वापतको कर तथा विवरण असार मसान्त भित्र बुझाउन करदातालाई ताकेता गरेको छ । विभागले एक सूचना निकाल्दै आयवर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सो को विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्त भित्रै बुझाउन विभागले सूचित गरेको हो । १ […]

कर बुझाउने म्याद बढाउनुपर्ने व्यवसायीको माग

सरकारले यही असार २५ गतेसम्म कर तिर्न सार्वजनिक सूचना जारी गरिसकेको छ। सरकारको उक्त कार्यप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले कर दाखिला गर्ने म्याद बढाउनुपर्ने माग गरेका हुन्।...

असार २५ सम्म थपियो कर तिर्ने समय

काठमाडौं। कारोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले असार २५ गतेसम्म कर तिर्ने मिति थप गरेको छ। आन्तरिक राजश्व विभागले बुधबार सुचना प्रकाशन गरी कर विवरण तथा दाखिला गर्ने मिति थप गरेको हो। आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार अर्थ मन्त्रालयले कर दाखिला गर्ने मिति तय गरेको हो।

असार २५ गतेभित्र कर तिर्न निर्देशन

काठमाडौं, ३ असार । आन्तरिक राजस्व विभागले २०७८ असार २५ गतेसम्म सबै प्रकारका कर तिर्न निर्देशन दिएको छ । विभागले बुधबार सुचना जारी गर्दै असार २५ भित्र सबै प्रकारका कर दाखिला गर्न निर्देशन दिएको हो । राजस्व विभागले हिजो मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन […]

कर बुझाउने म्याद थप

सरकारले कर बुझाउने म्याद असार २५ गतेसम्म थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना निकाल्दै कोभिड १९ रोकथाम तथा नियन्त्रणको सिलसिलामा भएको निषेधाज्ञाका कारण कर बुझाउन समस्या भएकाले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम कर दाखिला तथा कर बुझाउने म्याद थप गरेको हो ।विभागका अनुसार २०७७ चैत र २०७८ वैशाख महिनाको मासिक […]

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

सरकारले कर तिर्नका लागि समयसीमा तोकेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।आन्तरिक राजस्व विभागले कोभिड नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण कर तिर्न असहजता भएको भन्दै असार २५ गतेसम्मको समय थप गरेको हो।२०७७ चैत र ०७८ को वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर वितरण र कर दाखिला यही असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।यसैगरी आयकर, अन्तः शुल्क, शिक्षा सेवा

कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप

असार २, काठमाडौं । आन्तरिक राजस्व विभागले कोरोना महामारी पछि लागू गरिएको निषेधाज्ञाका कारण कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई थप गरेको छ । विभागले बुधवार  प्रकाशित गरेको सूचना  अनुसार अव विसं २०७७ साल चैत र वैशाख महीनाको मासिक तथा चैत र वैशाख महीनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ । त्यसैगरी विसं २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । त्यस्स्तै विसं २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि सोहि मितिसम्म तोकिएको छ । विसं २०७७ चैत र २०७८ वैशाख महीनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्यादसमेत  असार २५ गतेसम्म थप भएको विभागले बताएको छ । सर्वोच्च अदालतले मंगलवार मात्रै  सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सरकारलाई कर उठाउने बाटो खोलिदिएको थियो ।  निषेधाज्ञामा सरकारले कर उठाउन खोजेपछि अधिवक्ता सृजना अधिकारीले गत जेठ  २ गते अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रीट दायर गरेकी थिइन् । त्यसमा सुनुवाइ गर्दै ६ जेठमा न्यायाधीश मीरा खड्काको इजलाशले निषेधाज्ञाको अवधिमा कर नउठाउन तथा निषेधाज्ञा खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो ।  हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना : यो पनि हेर्नुस् : सर्वोच्चले खुला गर्‍यो कर उठाउने बाटो

गत चैत र वैशाखको कर असार २५ गतेसम्म बुझाउनुपर्ने [सूचनासहित]

आन्तरिक राजस्व विभागले गत चैत र वैशाखको कर असार २५ गतेसम्म बुझाउन सूचना प्रकाशित गरेको छ । बुधवार प्रकाशित सूचना अनुसार असार २५ गतेसम्म मूल्य अभिबृद्धि करको विवरण र रकम बुझाइसक्नुपर्नेछ ।

असार २५ गतेसम्म कर बुझाउन सरकारको निर्देशन

काठमाण्डाै – सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ ।यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उ...