‘क्रिप्टोकरेन्सी प्रतिबन्ध होइन, नियमन गर्नुपर्छ; ढिला गरे पछि परिन्छ’
नेपालमा अझै पुँजी खाता परिवत्र्यता भइसकेको छैन भने अर्काेतिर अन्य रेमिट्यान्स निरन्तर भित्रिन्छ वा भित्रिदैँन भन्ने टुंगो छैन । कुनै पनि देशको मुद्रालाई त्यस देशको केन्द्रीय बैंकले नस्वीकारेसम्म के कति कर लगाउने भन्ने निश्चित हुँदैन ।
१३ मंसिर, काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको छ । यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको तथा पारिवारिक विचलन ल्याएको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यसविरुद्ध परेको मुद्दामा […]
काठमाडौं, २९ कात्तिक । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने भन्दा पनि कानुनको दायरामा ल्याएर राज्यले नियमन र नियन्त्रण गर्नुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले २०७४ सालमै देखेको कुरा सरकारमा रहेका दलहरुले अहिले भर्खरै […]
टिकटक कसैका लागि सिर्जनशीलता देखाउने थलो, कसैका लागि आफ्नो विचार स्वतन्त्र रुपमा पस्कने माध्यम त कसैलाई व्यवसाय अघि बढाउने बाटो बनिरहेको थियो । तर, चार दिनअघि नियमन मात्रै गर्ने भनेको सरकारले आज प्रतिबन्ध नै लगाइदियो ।
सरकार सर्वसाधारणको अभिव्यक्ति स्वतन्त्रता, देशको संविधान र कानुनको पालना अनि ठूलो मात्रामा सर्वसाधारणले उपयोग गरिरहेको सार्वजनिक 'प्लाटफर्म'माथि नियमन गर्ने बाटो छाडेर यसरी प्रतिबन्ध लगाउने निर्णयमा पुग्नुहुँदैन । यसमा पुनर्विचार जरुरी छ ।
गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको छ। गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्ने गरी उक्त विधेयक तयार पारिएको हो। गृहले विधेयक तयार पारेर मंगलबार मन्त्रीस्तरीय निर्णय गरी...
मंसिर ९, नयाँदिल्ली । भारतले डिजिटल मुद्रा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि कानून जारी गर्ने तयारी शुरु गरेको छ ।
त्यहाँको सरकारले केहि सातापछि शुरु हुने विधानसभामा क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी नियमनको लागि तयार पारिएको कानूनको विधेयक पेश गर्ने तयारी गरेको छ ।
यो कानून लागू भएसँगै भारतमा सबै क्रिप्टोकरेन्सी अवैध हुनेछन् । तर, प्रविधि विकासको लागि भने क्रिप्टोकरेन्सी सम्बन्धी अध्ययन गर्न दिइने प्रावधान प्रस्तावित कानूनमा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
‘क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल करेन्सी नियमन विधेयक २०२१’ नाम दिइएको प्रस्तावित मस्यौदामा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध लगाउने प्रावधान राखे पनि रिजर्भ बैंक अफ इन्डियाले जारी गर्ने डिजिटल करेन्सीलाई भने सहजीकरण गर्ने उल्लेख छ ।
सरकार त्यहाँको तल्लो सदनमा क्रिप्टोकरेन्सी र आधिकारिक डिजिटल मुद्रा नियमन विधेयक ल्याउँदैछ । यसले बिट्क्वाइन लगायत सबै निजी क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउनेछ र आधिकारिक क्रिप्टोकरेन्सी सृजनाको ढाँचा बनाउन सहज पार्नेछ । आधिकारिक डिजिटल मुद्रा भने केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इण्डिया’ (आरबीआई) ले जारी गर्नेछ ।
भारतका राजस्व सचिव तरुण बजाजलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले क्रिप्टोकरेन्सीलाई पनि करको दायरामा ल्याउने गरी सरकारले कर नीति संशोधन गर्ने तयारी थालेको बताएका छन् ।
सन् २०१८ मा भारतको मौद्रिक नीति नियामकले क्रिप्टोकरेन्सीको कारोबारमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको थियो । तर सन् २०२० को मार्चमा सर्वोच्च अदालतले यसलाई उल्ट्यायो ।
एजेन्सी
काठमाण्डाै - भारतले क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रालाई नियमन गर्ने भएको छ ।
भारतले यसबारेमा नयाँ कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ । भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ ।
भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेशलगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो सङ्ख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।
केन्द्रीय बैंक...