शाब्दिक रुपमा हेर्दा क्रिप्टोकरेन्सी क्रिप्टो (गोप्य, गुप्त गूढ वा रहस्य) र करेन्सी अर्थात् मुद्रा भन्ने दुई वटा शब्द मिलेर बनेको हो । यसरी हेर्दा संकेत (कोड वा क्रिप्टोग्राफी) का माध्यमबाट विनिमयका रुपमा प्रयोग गरिने विद्युतीय वा भर्चुअल मुद्रा नै क्रिप्टोकरेन्सी हो । विनिमयको माध्यमका रुपमा हाल प्रचलनमा रहेका नोट वा सिक्का जस्तो यसको भौतिक अस्तित्व भने हुँदैन ।
भौतिक अस्तित्व नरहने हुनाले यसलाई छुन, खल्तीमा राख्न वा पट्याउन सकिने कुरा भएन । भौतिक उपस्थिति नरहने अनि सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाहरुले दायित्...