नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र दाङका संक्रमितको मृत्यु भएको छ । बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक ३० गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । […]