नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कात्तिक ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको गएराती १०।३० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट […]