ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ ।मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा आएका कुराहरु सबै गलत भएको बताए । उनले थापाको उपचार एक्मो प्रविधिबाट गरिरहेको बताए । कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।