मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र जलविद्युत आयोजनामा रोजगारीको अवसर

पुस ६, काठमाडौं। नेपाल मेडिसिटी अस्पताल, एक्सेल डेभलपमेन्ट बैंक र मकरीगाड जलविद्युत् आयोजनामा रोजगारीको अवसर आएको छ। भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा प्याथोलोजी, ल्याब टेक्निसियन, फार्मेसी सहायक, मार्केटिङ र अफिसर तहका कर्मचारी माग गरिएको छ। त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकमा कानून र डिजिटल विभाग प्रमुख सहित केहि संख्यामा प्रशिक्षार्थी सहायक पदमा कर्मचारी माग गरिएको छ। त्यस्तै दार्चुलामा निर्माणाधिन १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले विभिन्न पदमा चार जना ईन्जिनयरहरु माग गरेको छ। एक्सेल बैंकमा पुस २० गतेसम्म, मेडीसिटी र मकरीगाडमा भने ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ।

सम्बन्धित सामग्री

एक्सेल बैंकद्वारा ट्राफिक पोल हस्तान्तरण

एक्सेल डेभलपमेन्ट बैंक झोराहाट शाखाले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतनाका लागि सन्देशमूलक ट्राफिक पोल हस्तान्तरण गरेको छ। ...

एक्सेल समृद्धि बचत खाता संचालनमा

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले “एक्सेल समृद्धि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।अफरअनुसार न्यूनतम रु २००० मा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्धि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।“तपाईको स्थानीय साझेदार” को नारा लिएको बैंकले स्थानीयस्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाता ल्याएको जनाएक

एक्सेल डेभलपमेन्ट बन्यो पहिलो प्रादेशिक बैंक

झापाको एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं १ को पहिलो प्रादेशिक बैंक बन्ने भएको छ । प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैंकिङ कारोबारको कार्यक्षेत्र हुनुपर्ने प्रावधान छ ।यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्लामात्र कार्यक्षेत्र रहेकामा बैंकको १६ औँ वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ । सत्र वर्षअघि रु दुई करोड पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैंकिङ सेवा प

एक्सेल डेभलपमेन्ट बैंक साधारणसभा सम्पन्न, ८.९५ प्रतिशत लाभांश पारित

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकले सोमबार संचालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा सोहै वार्षिक साधारण सभा सम्पन्न गरेको हो। उक्त सभाले आ.व.२०७७/०७८ को वितरण योग्य संचित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजारको ८.५० प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयर वापतको कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

एक्सेल डेभलपमेन्ट बैंक १८ औं बर्षमा प्रवेश

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी २०७९ श्रावण ०६ गतेबाट १८ बर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो १७ औं वार्षिक उत्सवको अवसरमा २०७९ श्रावण ५ गतेका दिन विरामीहरुको उपचारमा सहयोग पुर्याउने हेतु वैंकको केन्द्रीय कार्यालय रहेको स्थान विर्तामोड, झापामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

एक्सेल डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (शुक्रवार, १८ असार २०७८)

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रु. २४ करोड ३३ लाख ३६ हजार २६७ दशमलव ४२ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. ८१ करोड ११ लाख २१ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रु. २६ करोड ९४ लाखभन्दा बढी, रिटर्न अर्निङमा रु. १९ करोड ५७ लाखभन्दा बढी र शेयर प्रिमियममा रु. ४८ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म रु. ९ करोड ५७ लाखभन्दा बढी वितरणयोग्य नाफा रहेको कम्पनीले रु. ११ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । बिहीवार कम्पनीको शेयर मूल्य २ दशमलव २३ प्रतिशत अर्थात् प्रतिकित्ता रु. १७ ले बढेर अन्तिम मूल्य रु. ७८१ कायम भएको छ । निष्कर्ष कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ४३ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ४५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ । बिहीवारको शेयर मूल्य रु. ७८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७५३ मा टेवा पाउने र महँगिए रु. ८२० मा प्रतिरोध पाउने देखिन्छ ।

एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने