नगरकोटमा ‘अर्गानिक’ तरकारी हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक, ७ असोज । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइएको छ । हाजबजार प्रत्येक शुक्रबार र शनिबार लाग्छ । हाटबजारमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस् प्रमाणीकरण किसान समूहद्वारा उत्पादित ‘अर्गानिक’ उन्मुख तरकारी बिक्रीका लागि सञ्चालनमा लाइएको हो । विशेषगरी प्राङ्गारिकरुपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको […]

सम्बन्धित सामग्री

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा, फागुन २० । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए। लहान नगरपालिका-१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुई पटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । […]

सिरहाको तरेगणामा पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी

सिरहा– आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका थिए । लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो । अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन् । गत माघ २८ […]

कलेजभित्रै हाटबजार, विद्यार्थी नै बने व्यापारी

काठमाडाैँ- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रबर्द्धन गर्न हाटबजार सञ्चालन गरेको छ। बिहीबार भएको यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो व्यापारका स्टल राखेर बेचेका थिए। उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहेका थिए। यो हाटबजार लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो। क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन […]

पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुँदै

कास्की। पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहज रूपमा तिहारका लागि आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको बताइएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिले शनिवारदेखि ‘रैथाने’ नामक हाटबजार शुरू गर्न लागेका हुन् । हाटबजारमा स्थानीय उत्पादनका करीब एक दर्जन स्टल रहने पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार हाटबजारमा मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकलाका सामान, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज र सगुन हस्तकलाले तयार गरेको धागोका सामान राखिनेछन् । यस्तै पुष्पाञ्जलीले तयार पारेको विवाहका लागि सामान, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला शीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री विक्रीका लागि राखिनेछन् । रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार पनि राखिने महानगर आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले बताए । स्टलमा स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापर र तरकारी पनि राखिनेछ ।

उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

वालिङ (स्याङ्जा), ३१ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था […]

हटारु पलायन हुँदा हराए हाटबजार

बेदकोट, ११ साउन । महाकालीपारिको दोधारा चाँदनीमा केही वर्षअघिसम्म विभिन्न स्थानमा हाटबजार सञ्चालन हुन्थे । सातामा कम्तीमा एक पटक निश्चित स्थानमा हाटबजार लाग्थ्यो । हटारुहरु विभिन्न स्थान पुगेर हाटबजार लगाउने गर्दथे । उपभोक्ताका लागि पनि आफ्नो पायकपर्ने स्थानमा लाग्ने हाटबजारमा सामान किन्न सजिलो हुन्थ्यो । तर अहिलो हाटबजार लाग्न छाडेको छ । जसले गर्दा उपभोक्ताले […]

तनहुँकाे आँबुखैरेनीमा कृषकका लागि हाटबजार सञ्चालन

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । पालिकामा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजारको शुक्रवार राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताउनुभयो । आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार  बनाइएको गाउँपालि...

रुपन्देहीमा चिकित्सकीय सेवासहितको पशु हाटबजार सञ्चालन

रुपन्देहीको सियारी गाउँपालिका–२, च्याङ्गठामा चिकित्सकीय सुविधासहितको पशु हाटबजार सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार पशु हाटबजार उद्घाटन गर्दै किसान र उपभोक्ताबीचको मूल्यको खाडल पुर्न यसले मद्दत गर्ने विश्वास व्यक्त गरे ।पछिल्लो समय प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले किसानहरूको समस्या समाधान गर्न संघीय र स्थानीय तहसँगै समन्वय गरेर अगाडि बढ्ने बताए । विश्व बैंकको पाँच करोड ऋण अनुदानमा बनाइएको हाटबजार दुई बिगाहा क्षेत्रफलमा फैलिएक

हाटबजार सञ्चालन नहुँदा कैलालीमा महँगियो तरकारी

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन विक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारीको मूल्य चर्को रूपमा बढेको हो । कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । ‘यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार बन्द भएकाले साना किसानको उत्पादनले बजार पाएन,’ किसान शम्भु चौधरीले भने, ‘यसको असर तरकारीको मूल्यमा परेको छ । बाहिर जिल्लाबाट आएको तरकारी छोइनसक्नु छ । गोलभेँडा, करेला, सिमी, बोडीलगायत तरकारीको मूल्य प्रतिकेजी रू. १०० भन्दा माथि छ ।’ स्थानीय तरकारी उत्पादनमा कमी हुँदा बजार मूल्य धेरै तिर्नुपर्छ । सिजनल समयमा धेरै किसान तरकारी उत्पादनमा सहभागी हुन्छन् । यो समयमा धेरैले धानखेती गर्छन्, अझ उत्पादन भएको तरकारीसमेत बजारमा आउन पाएको छैन । ‘साना किसानले उत्पादन गरेको तरकारी हाटबजारमा विक्री हुन्थ्यो, तरकारी विक्रेताकहाँ लैजाँदा मूल्य पाइँदैन,’ अर्का किसान रमेश धामीले भने, ‘मूल्य नपाइने भएपछि सम्भव भएजति गाउँमै विक्री गर्छौं, बाँकी बारीमै सड्छ । बजारका विक्रेताले हामीसँग किनेको तेब्बर मूल्यमा बेच्छन् ।’ वैशाखमा लकडाउन भयो । लकडाउनका समयमा बारीमा उत्पादन भएको तरकारी बजार नपाएर किसानले बारीमै नष्ट गरे । ‘काक्रा, लौका, भिन्डी, बोरी, हरियो खुर्सानीलगायत तरकारीले बजार नपाएर बारीमै नष्ट गर्‍यौं, अब त तरकारी खेतीप्रति रुचि घटेको छ,’ उनले भने । जिल्लामा यो सिजनमा तरकारी मात्र होइन फलफूलको समेत मूल्य वृद्धि भएको छ । वर्षात्को सिजनमा स्थानीयस्तरमा तरकारी उत्पादन कम भएर अन्य जिल्लाबाट आउने हुँदा मूल्य उच्च भएको उपभोक्ता माया चौधरीले बताए । अन्य मौसममा सबै किसानले तरकारी उत्पादन गर्ने गरे तापनि वर्षात्मा व्यावसायिक किसानले मात्र तरकारी उत्पादन गर्दछन् । सीमित किसान मात्र तरकारी उत्पादन गर्ने भएकाले अहिलेको सिजनमा तरकारीको मूल्य तुलनात्मक रूपमा बढी हुन्छ । जिल्लामा भारतीय बजारसँगै सुदूरपश्चिमको पहाडी इलाकाबाट तरकारी आउने गरेको छ । पहाडी जिल्ला तथा भारतबाट आउने भएकाले तरकारीको मूल्य उच्च हुने गरेको स्थानीय तरकारी उत्पादक किसान बलीराम चौधरीले जानकारी दिए । रासस

तानसेनमा महिलाले कृषि हाटबजार सञ्चालन गर्दै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको छ।एक करोड रुपैयाँ बढी लगानीमा मिलनसार कृषि उपज थोक बजार निर्माण हुन लागेको हो। यसको नेतृत्व महिलाले गर्ने छन्। जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने छ। थोकमा बिक्री हुनेछ। हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले शिलान्यास गरेका छन्। कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिल