तानसेनमा महिलाले कृषि हाटबजार सञ्चालन गर्दै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको छ।एक करोड रुपैयाँ बढी लगानीमा मिलनसार कृषि उपज थोक बजार निर्माण हुन लागेको हो। यसको नेतृत्व महिलाले गर्ने छन्। जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने छ। थोकमा बिक्री हुनेछ। हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले शिलान्यास गरेका छन्। कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिल

सम्बन्धित सामग्री

पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुँदै

कास्की। पोखरामा तिहार लक्षित हाटबजार सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहज रूपमा तिहारका लागि आवश्यक पर्ने सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको बताइएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिले शनिवारदेखि ‘रैथाने’ नामक हाटबजार शुरू गर्न लागेका हुन् । हाटबजारमा स्थानीय उत्पादनका करीब एक दर्जन स्टल रहने पोखरा महानगरपालिका, आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार हाटबजारमा मनखुसी फाउन्डेसनले तयार गरेको हस्तकलाका सामान, प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज र सगुन हस्तकलाले तयार गरेको धागोका सामान राखिनेछन् । यस्तै पुष्पाञ्जलीले तयार पारेको विवाहका लागि सामान, विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषि उपज र महिला शीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री विक्रीका लागि राखिनेछन् । रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार पनि राखिने महानगर आर्थिक विकास महाशाखाका प्रमुख कडरियाले बताए । स्टलमा स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापर र तरकारी पनि राखिनेछ ।

उत्पादन प्रवद्र्धनका लागि साप्ताहिक कृषि हाटबजार

वालिङ (स्याङ्जा), ३१ भदौ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीको उत्पादन प्रवद्र्धनका लागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादन कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था […]

रेसुंगा नगरपालिकाले कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने

रेसुंगा नगरपालिकाले घरमै पुगेर कृषि उत्पादन खरिद गरेर आफ्नै हाटबजारमार्फत बिक्री गर्न थालेपछि कृषकसँगै उपभोक्ता खुसी भएका छन् । नगरपालिकाले कृषि उपजको बजारीकरणमा सुनिश्चित गर्दै बिचौलियाको अन्त्य र सुपथ मुल्यमा उपभोक्तालाई नगरको अर्गानिक तरकारी चखाउने उद्देश्यले तीन वर्षदेखि हाटबजार सञ्चालन गरिरहेको छ ।यो हाटबजारको व्यावस्थापन राम्रो भए सम्भावना राम्रो रहेको छ । सडकको कारण रेसुंगा नगरसँगै विभिन्न स्थानीय तहको समन्वयमा गाउँगाउँका तरकारी तम्घास आउन सक्छ । त्योसँगै अर्घाखाँचीका दुई स्थानीय तह नजिक

लमजुङमा कृषि तथा पशु हाटबजार सञ्चालन

लमजुङ – घरगाउँमै उत्पादन गरेको तरकारीले बजार र उचित मूल्य नपाउँदा सुन्दरबजार–२, परेवाडाँडाकी किसान सुस्मिता खड्काको मन भतभती पोल्छ । श्रीमानसहित परिवारका अन्य सदस्यको साथमा परेवाडाँडामै बस्दै आउनुभएकी खड्काले डेढ रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अहिले उहाँको बारीमा खुर्सानी, लौका, गोलभेँड...