रुसमा नवेलनीको आह्वानपछि राष्ट्रपति पुटिनविरुद्ध सडकमा उत्रिए जनता

 युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् ।युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र प्रदर्शन भए ।यद्यपि, यो प्रदर्शन नयाँ होइन । थुप्रै पुलिसबल र सुरक्षाकर्मीको उपस्थितिमा यो प्रदर्शन भइरहेको छ ।यतिबेला थुप्रै मानिसलाई पक्राउ पनि गरिएको छ र उनीहरुलाई तितर बितर गर्नका लागि प्रहरीले हिंस्रक रुप पनि अख्तियार गर्नुपर्यो ।1/12 We - Russia -

सम्बन्धित सामग्री

राष्ट्रपति मिलेईको ‘झट्का दिने’ आर्थिक नीतिविरुद्ध अर्जेन्टिनी जनता सडकमा

काठमाडौं । सरकारको आर्थिक नीतिविरुद्ध अर्जेन्टिनाका जनता पहिलो पटक सडकमा उत्रिएका छन् । दशककै खराब आर्थिक संकटबाट गुज्रिरहेको अर्जेन्टिनाको आर्थिक अवस्था सुधार्ने प्रतिवद्धता गरेर चुनाव जितेका राष्ट्रपति ह्याभिर मिलेईले झट्का दिने खालको आर्थिक नीति लागू गर्न थालेपछि जनताले विरोध जाएका हुन् ।  करीब दुई साताअघि पदभार गरेका उनले सोही दिन मन्त्रालयको संख्या १८ बाट ९ मा झारेका थिए । उनले सरकारी खर्च कटौती गर्न उक्त कदम चालेका हुन् ।  यससँगै उनले अर्जेन्टिनी मुद्रा पेसोको भाउ ५० प्रतिशतभन्दा बढीले अवमूल्यन गरेका छन् । गत हप्ता प्रतिडलर ३९१ रहेको पेसोको भाउ अहिले ८०० भन्दा बढीमा झरिसकेको छ । साथै उनले निर्यातमा लगाइएको सीमा अन्त्य गर्ने आर्थिक सुधारको आदेशमा पनि हस्ताक्षर गरेका थिए ।  रेडियो र टिभीमा प्रशारित भाषणमा राष्ट्रपति मिलेईले अर्जेन्टिनी अर्थतन्त्र उकास्ने ३०० उपायबारे बताएका थिए, जसमध्ये पहिलो कदम पुनःनिर्माणको लागि भएको उनको भनाइ थियो । मिलेईले बताएका उपायहरूमा राज्यका कम्पनीहरूलाई निजीकरण गर्नेलगायत छन् । उनले सम्पत्ति भाडा नियमन गर्ने कानुन पनि खारेज गर्ने बताएका छन् । यसले अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको माग बढाउन मद्दत गरेको छ ।  मिलेईका नीतिविरुद्ध जनता सडका उत्रिएका हुन् । मार्चको नेतृत्व बेरोजगारहरूको प्रतिनिधित्व गर्ने समूहले गरेका थिए । सडक अवरुद्ध गर्न प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । करीब दुई हप्ताअघि पदभार ग्रहण गरेका राष्ट्रपति मिलेईले विरोध प्रदर्शन गरेर आफ्नो योजनालाई विफल पार्न खोज्ने कुनै पनि समूहविरुद्ध कडा कारबाही गर्ने बताएका छन् । सडक अवरुद्ध गर्ने व्यक्तिले राज्यबाट पाउने अधिकार गुमाउन सक्ने उनले चेतावनी दिएका छन् ।  तर, प्रदर्शनकारीले उक्त विरोध शान्तिपूर्ण भएको बताएका छन् । ‘यो एक शान्तिपूर्ण आन्दोलन हो,’ वामपन्थी विरोध समूह पोलो ओब्रेरोको नेतृत्व गर्ने एडुआर्डाे बेलिबोनीले स्थानीय रेडियोसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी कुनै पनि प्रकारको टकराव चाहँदैनौं, कुनै पनि प्रकारको द्वन्द्व चाहँदैनौं ।’ अर्थमन्त्री लुइस क्यापुटोले पनि सार्वजनिक खर्चमा गहिरो कटौतीको घोषणा गरे, जसमा इन्धन र यातायात सब्सिडीमा कटौतीलगायत छन् ।  अर्जेन्टिना बढ्दो मुद्रास्फीतिसँग लडिरहेको छ, गत वर्षको तुलनामा त्यहाँ सामानको भाउ १५० प्रतिशतले बढेको छ । अर्जेन्टिना न्यून नगद सञ्चिति र उच्च सरकारी ऋणसँग पनि संघर्ष गरिरहेको छ । त्यहाँको ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । बीबीसी

राष्ट्रपतिकाे कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठन आज पनि सडकमा (तस्बिरहरू)

काठमाण्डौ – संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।  संयुक्त विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन संयुक्तरूपमा विरोध प्रदर्श...

देश संकटमा परेपछि छाडेर कुलेलम ठोक्ने ती घानी, यी राजपाक्षे

दक्षिण एशियाली देश श्रीलंका यतिखेर आर्थिक संकटको सामना गरिरहेको छ। जनता सडकमा छन्। सरकार प्रमुख राष्ट्रपति गोतावाया राजपाक्षे देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन्।आजभन्दा १० महिनाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि तालिबानलाई सत्ता सुम्पेर दुबई भागेका थिए। १ वर्षभित्र दुई एशियाली मुलुकका दुईजना राष्ट्रप्रमुख देश संकटमा हुँदा कुलेलम ठोकेका हुन्।यी दुई मुलुकका सरकार प्रमुख देश छाड्नुको कारण भने फरक-फरक रहेका छन्। पहिले कुरा श्रीलंकाको कुरा गरौं।स्वतन्त्रताको सात दशक

जनता आक्रोशित भएपछि श्रीलंकामा कर्फ्यू हटाइयो

काठमाडौं । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएपछि कर्फ्यू हटाइएको छ । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेपछी प्रहरीले बल प्रयोग गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई […]

राष्ट्रपति बनेका विक्रमासिंघेविरुद्ध जनता सडकमा, राजीनामा दिन माग

कोलम्बो । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेको बीबीसीले जनाएको छ ।  राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्...

अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा जनता सडकमा उत्रिए, जताततै प्रदर्शन

लगातार गोलीकाण्डका घटनाहरू भइरहेका बेला अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रदर्शनहरूलाई समर्थन गरेका छन् र कांग्रेसलाई नयाँ बन्दुक सुरक्षा कानुन छिट्टै पारित गर्न अपील गरेका छन् ।तर, रिपब्लिकन सांसदहरूले यो विधेयकको विरोध गर्ने विश्वास गरिएको छ ।गत महिना टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।यसपछि बफेलो सुपरमार्केटमा भएको भीषण गोलीबारीमा १० जनाको ज्यान गएको थियो ।त्यसबेला

किन हुँदैछ हिटलरसँग पुटिनको तुलना ?

काठमाडौं। रुस–यूक्रेन युद्ध लम्बिदै जाँदा विश्वमा रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको छवी एक ‘खलनायक’को रुपमा स्थापित हुँदैछ। पुटिनको युद्धपिपासु हर्कतविरुद्ध विश्वभर हजारौं जनता प्रदर्शन गरिरहेका छन्। रुसमा समेत पुटिनविरुद्ध जनता सडकमा उत्रिएका छन्। दोश्रो विश्वयुद्धपछि पहिलो पटक रुस–युक्रेन युद्धले तेश्रो विश्व युद्धको संत्रास विश्व जनमतमा फैलाइरहेको छ। राष्ट्रपति पुटिनले परेमा आणविक अस्त्रकै उपयोग गर्ने धम्की दिएपछि […]

देश जोगाउन युक्रेनी जनता सडकमा, बनाउन थाले पेट्रोल बम

रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेपछि देश जोगाउन युक्रेनी जनता प्रतिरक्षा गर्न सडकमा आउन थालेका छन् । निरन्तर मिसाइल आक्रमण गरेर कब्जा लिन खोजिए पनि राजधानी किभ युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीको नियन्त्रणमा छ ।