काठमाण्डौ – संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् ।
संयुक्त विद्यार्थी सङ्गठनहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन संयुक्तरूपमा विरोध प्रदर्श...