एजेन्सी। पछिल्ला दिन ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि जनताहरु राष्ट्रपति जायर बोलसोनारेको विरोध गर्दै सडकमा उत्रिएका छन्। रियो डी जेनेरियो लगायतका सडकमा ‘गेड आउट बोलसोनारो’ लेखिएका पोष्टर लिएर प्रदर्शनकारी उत्रिएका हुन्। उनीहरुले राष्ट्रपतिलाई नरसंहार गरेको आरोपसमेत लगाएका छन्। ब्राजिलमा कोरोनाका कारण ५ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन्। “पाँच लाख मानिसको मृत्यु, यो उनको गल्ती हो”, पोस्टरमा लेखिएको छ।