एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट

मंसिर १७, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले असोज १५ गतेदेखि कात्तिक २९ गतेसम्म निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयरको मंसिर १६ गते बाँडफाँट भएको जानकारी दिएको हो । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।  उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव ४७६८ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले  विक्री नभएको २७ हजार २५७ दशमलव २ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्नेछ ।