शिखर इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट

वैशाख ७, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर वैशाख ५ गते बाँडफाँट भएको छ । कम्पनीले गत माघ २० गतेसम्मका कायम शेयरधनीहरुका लागि चैत १ गतेदेखि चैत २१ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने २७ हजार ७१० जना शेयरधनीलाई ५१ लाख ९७ हजार ८५१ दशमलव १२ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा ३० प्रतिशत अर्थात् १ बराबर शून्य दशमलव ३ अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 

सम्बन्धित सामग्री

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ १०, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री गरेकोे अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि वैशाख १९ गतेदेखि वैशाख २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र माग गरेको थियो ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते निष्कासन कर्ता कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिहरुको रोहवरमा खोली जेठ ९ गते प्रचलित कानून बमोजिम बाँडफाँट गरिएको हो ।  प्रतिकित्ता रू. १०० तोकिएको उक्त हकप्रद शेयर बाँडफाँटको अन्तिम मूल्य रू. ९३६ रहेको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुगेको छ ।  बाँडफाँटमा नपरेको शेयर वापतको रकम जेठ १६ गतेदेखि आवेदकहरुले उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने जानकारी समेत विक्री प्रबन्धकले गराएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।

शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने समयावधि थप

वैशाख २६, काठमाडौं । वैशाख १९ गतेदेखि लिलामीमा आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकोे अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अवधि थप भएको छ ।  कम्पनीले ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर विक्रीका लागि यस अघि आज (सोमवार) सम्मको मिति तय गरेको थियो । सरकारले वैशाख २० गते सार्वजनिक बिदा दिएकाले एक दिन अवधि थप गरी वैशाख २७ गतेसम्म कायम गरिएको जानकारी कम्पनीले दिएको हो । कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ ।  इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १ः०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।

शिखर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवारसम्म

वैशाख २५ काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो  । इच्छुक आवेदकले सोमवार बैंकिङ्ग समयसम्म  बोलपत्र पेश गर्न सक्नेछन् ।  कम्पनीले यसअघि २०७८ चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारणतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   शेयरको मूल्य प्रतिकित्ता रू.१०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाइ कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा

वैशाख १९, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित ७७ हजार ७२० दशमलव ८८ कित्ता अवितरित हकप्रद शेयर आज (सोमवार) देखि लिलामीमा विक्री गर्ने भएको छ ।  कम्पनीले यस अघि चैत १ गतेदेखि २१ गतेसम्म ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो ।  यो शेयर खरीदका लागि वैशाख २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था छ । शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गनु पर्नेछ ।  बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि तोकिएको सीमाको अधिनमा रही अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्रको छानविन गरी सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकलाई शेयर बाँडफाँट गरिने भनाई कम्पनीको छ । इच्छुक खरीदकर्ताहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिक चोक बुटवल, आदर्श नगर बीरगंज र गोल्छाचोक विराटनगरका साथै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणगढ, हेटौडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७५ करोडको आधारमा १:०.३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गरेको हो । अवितरित बाँकी हकप्रद शेयर विक्री तथा बाँडफाँट पश्चात यो पूँजी रू. २ अर्ब २८ करोड पुग्नेछ ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत ३०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर चैत २८ गते बाँडफाँट भएको छ ।  कम्पनीले माघ २८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० बराबर ४ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना शेयरधनीलाई ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख २ गतेदेखि आईपीएस मार्फत् आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आइएमई  क्यापिटल लिमिटेड रहेको छ ।