अपर तामाकोशीको हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म विक्री गरेको शतप्रतिशत हकप्रद शेयर मङ्सिर २८ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा साउन २५ गतेसम्म कायम शेयरधनीहरूका लागि कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिएका शेयरधनीहरूमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले दिएको छ ।  सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

सम्बन्धित सामग्री

अपर तामाकोशीको लिलामी शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म विक्री गरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर माघ १७ गते बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र विक्री प्रबन्धकले माघ ५, ६ र ७ गते तीन दिन लगाएर खोलेको थियो । बाँडफाँटको अन्तिम मुल्य १४७ रूपैयाँ रहेको जानकारी कम्पनीले दिएको छ । १४७ रूपैयाँभन्दा माथीको बोलकबोल गर्ने आवेदकहरूलाई माग बमोजिम र १४७ रूपैयाँमा बोलपत्र पेश गर्नेहरूको हकमा ५५ प्रतिशतले हुने समानुपातिक रुपमा शेयर बाँडफाँट गरिएको जानकारी समेत कम्पनीले दिएको छ । उक्त शेयर बाँडफाँटमा प्राप्त नगर्ने लगानीकर्ताहरूको शेयर वापत्को रकम माघ २२ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो । सो समयमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट कम्पनीले विक्री गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानीकोष र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले पुरा गरेको छ ।  यी सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम भएको छ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

अपर तामाकोशीको लिलामी शेयर बाँडफाँट

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले पुस १३ गतेदेखि २९ गतेसम्म विक्री गरेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर माघ १७ गते बाँडफाँट गरेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र विक्री प्रबन्धकले माघ ५, ६ र ७ गते तीन दिन लगाएर खोलेको थियो । बाँडफाँटको अन्तिम मूल्य १४७ रुपैयाँ रहेको जानकारी कम्पनीले दिएको छ । १४७ रुपैयाँभन्दा माथिको बोलकबोल गर्ने आवेदकलाई मागबमोजिम र १४७ रुपैयाँमा बोलपत्र पेस गर्नेहरूको हकमा ५५ प्रतिशतले हुने समानुपातिक रूपमा शेयर बाँडफाँट गरिएको जानकारीसमेत कम्पनीले दिएको छ । उक्त शेयर बाँडफाँटमा प्राप्त नगर्ने लगानीकर्ताको शेयरबापतको रकम माघ २२ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हाल कायम चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो । सो समयमा विक्री हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट कम्पनीले विक्री गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानीकोष र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडले पूरा गरेको छ ।  यी सम्पूर्ण कित्ता हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्