काठमाडाैं : नेपालले सोमबार तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध जारी विश्वकप छनोटमा दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ।अवे खेलमा ३-० ले पराजित भएको नेपालका लागि यो होम खेल हुनु पर्ने हो तर कोरोना महामारीका कारण न्युट्रल भेन्युका रूपमा कुवेतमा प्रतिस्पर्धा गर्दा मौसम नेपालका लागिभन्दा जोर्डनका लागि नै अनुकूल हुने छ। तर नेपाल आत्मविश्वासका साथमा मैदान उत्रने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जानकारी दिए।जोर्डनविरुद्ध नेपालले अहिलेसम्म तीन पटक प्रतिस्पर्धा गर्दा जित निकाल्न सकेको छैन